१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

गण्डकी महासभाको ३०औँ शृङ्खला पञ्चकोटमा

गण्डकी महासभाको ३०औँ शृङ्खला पञ्चकोटमा
अ अ+ अ-

गण्डकी: विश्वशान्ति गण्डकी महासभामा बोल्ने विद्वत वक्ताहरूले कालीगण्डकी नदी र यस नदी क्षेत्रमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणमा जोड दिएका छन् ।

बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आज आयोतिज ३०औँ गण्डकी महासभामा वक्ताहरूले प्राकृतिक स्रोतमाथि भइरहेको दोहनले प्राणी जगत् सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

विश्वहिन्दू महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष शङ्कर खरालले कालीगण्डकी नदीमात्र नभएर सभ्यता भएको बताउनुभयो । उहाँले कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्ड मानव विकासक्रमसँग जोडिएको उल्लेख गर्नुभयो ।

गण्डकी महासभाका प्रवक्ता सुदर्शन आचार्यले कालीगण्डकी नदी र यस आसपासका तीर्थस्थलहरूको ऐतिहासिक पृष्ठभूमि र महिमा रहेको बताउनुभयो । “यो ऋषिमुनि र महर्षीले तपस्या गरेको पुण्यभूमि हो, धर्मग्रन्थ र पुराणहरूमा समेत यस क्षेत्रको वर्णन छ”, उहाँले भन्नुभयो, “शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी यही मुक्तिक्षेत्र भएर बग्छिन् ।” गण्डकी महासभाको मूल उद्देश्य कालीगण्डकी नदी बचाउनु रहेको बताउनुहुँदै प्रवक्ता आचार्यले पूर्वी नेपालमा कोशी सभ्यता र पश्चिममा कर्णाली सभ्यता भएझैँ मध्यनेपालमा गण्डकी सभ्यता रहेको उल्लेख गर्नुभयो । “कालीगण्डकी नदी सङ्कटमा परे सिङ्गो गण्डकी सभ्यता नै हराउने छ । त्यसैले जनस्तरसम्म सचेतना विस्तार गर्दै सरोकार भएका पक्षलाई कालीगण्डकी नदी र शालिग्राम संरक्षणमा जिम्मेवार बन्न दबाब दिने उद्देश्यले गण्डकी महासभा आयोजना गरिएको हो”, प्रवक्ता आचार्यले भन्नुभयो । उहाँले गण्डकी प्रदेशका ११ जिल्ला र ८५ वटै स्थानीय तहमा गण्डकी महासभा सञ्चालन गरिने बताउनुभयो ।

हालसम्म बागलुङ, पर्वत, म्याग्दी, कास्की, तनहुँलगायत जिल्लामा महासभा आयोजना गरिएको पञ्चकोट विकास परिषद्ले जनाएको छ । परिसद्का अध्यक्ष जगन्नाथ आचार्यले जल, जमिन र जङ्गलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै उहाँले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको हिमालय क्षेत्र हुँदै बग्ने नदीहरू विश्वका दुई अर्ब मानिसको पानीको स्रोत रहेको भन्दै विज्ञहरूले पनि कालीगण्डकीलगायत नदीको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै आएका छन् ।

कालीगण्डकीको दोहनले यहाँको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई खल्बल्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको अभियानकर्मीहरूले बताएका छन् । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने उनीहरुको माग छ ।

हिन्दू धर्मसंस्कारमा विष्णु भगवान्को अवतारका रूपमा पूजिने शालिग्राम पाइने विश्वकै एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी प्रणाली हो ।रासस