• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब ★   अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय ★   काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर ★   कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी ★   वनहराका भूमिहीनको जीवन जोखिममा ★   बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु ★   ६४ इन्स्पेक्टर र २३६ असइ भर्ना गर्न आवेदन माग ★   संसदीय समितिमा प्रस्तावित राजदूतहरुका बहुलट्ठी कार्ययोजना ★   लगानी बोर्डमा सुशील नियुक्त, धराहरा असोज ३ गतेदेखि खुल्ने

पाँचवटा संसदीय समितिको बैठक बस्दै, कुनका एजेन्डा के ?



काठमाडौं । संघीय संसद्अन्तर्गत विभिन्न पाँच वटा समितिको बैठक आज बस्दैछन् ।

सार्वजनिक लेखा, अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्न लागेका हुन् ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण, संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेस गर्ने) प्रतिवेदन, २०७१ ले वैकल्पिक ऊर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । यस्तै, पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा.लि.को निवेदनमाथि छलफल हुनेछ ।

यसैगरी आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यक्रमहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक लेखा समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुलसम्बन्धी विषयमा छलफल हुनेछ ।