२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने



अ+ अ-

काठमाडौं । तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । आइतबार मन्त्रालयमा अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसंग भेट गर्दै सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको मन्त्री शर्माले बताउनुभएको हो ।

गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएको तथा अस्पतालको सेवा विस्तारकालागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको रुइतको टोलीले जानकारी दिएको थियो । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो । मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको जवाफ दिनुभयो ।

‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदो रहेछ’, मन्त्री शर्माले भन्नुभयो, ‘नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो । हामी छलपफ्ल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला ।’

अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । यसैगरी विभिन्न मुलुकका प्रशिक्षार्थीहरूले विशेषज्ञ तालिमसमेत लिने गरेका छन् ।