२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु



अ+ अ-

लमजुङ। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले केही महिना अघि नै निर्माण कार्य सम्पन्न गरे पनि उत्पादित बिजुली जोड्ने २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भई नसकेकाले समय लागेको थियो ।” यहाँ प्राधिकरण अध्ययन टोली आएर जाँच गर्न थालेको र चार÷पाँच दिनसम्म परीक्षण चल्ने उहाँको भनाइ छ । परीक्षण सफल भएमा व्यावसायिक रुपमा बिजुली उत्पादन गरिने आयोजना प्रमुख शाक्यले बताउनुभयो । यसअघि आयोजनाले विभिन्न भागको परीक्षण गरेको थियो । आयोजनाका इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलेक्ट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न गर्दै ती सबैको सफल परीक्षणसमेत भइसकेको छ ।

पेनस्टकको सात सय मिटर, तीन हजार दुई सय मिटरको सुरुङ खन्ने तथा पाइप विछ्याएको छ भने अर्को दुई हजार दुई सय ७० मिटर सुरुङ रहेको छ । आयोजनाको बाँधस्थल दुई सय १२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा पावरहाउस रहेको छ । विसं २०७२ फागुनदेखि निर्माण सुरु गरिएकोे यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले पनि निर्माणमा ढिलाइ हुँदै आएको र निर्धारित समयमा काम सम्पन्न हुन नसकेर पटक–पटक म्याद थप्दै निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ ।

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि असारसम्म सक्ने गरी म्याद बढाइएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको थियो । बिजुली उत्पादन गर्न नसकेपछि विसं २०७७ चैत महिनासम्मको निर्माण अवधि रहेको तर सम्पन्न हुन नसकेको र पटकपटक समय थप गर्दै आएको यस आयोजनाले बल्ल बिजुली उत्पादन परीक्षण थालेको हो ।

सुरुमा रु चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले रु चार अर्ब ६४ करोडसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए )को ३५ दशमलव सात प्रतिशत, आईएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पीपीए सम्झौता भएको थियो । आयोजनाका अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ । जिल्लामा यस आयोजना बाहेक अन्य आयोजनाले समेत निर्धारित समयमा आयोजना निर्माण सम्पन्न नभएपछि म्याद थप गर्दै अघि बढिरहे पनि चाँडै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन् । रासस
–––