२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्नेः नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

आईतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।

उहाँले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने बताउनु भयो । उहाँले सबै नागरिकहरुलाई सिपको तालिम दिनुपर्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देशहरु मात्रै विकासमा अगाडी बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ति देशहरु मात्रै विकासमा अगाडी बढेको पाउनुहुन्छ । जहाँका नागरिकहरु अत्यन्तै अनुशासित छन् । जहाँका नागरिकहरु अत्यन्तै मेहनती छन् । जहाँका नागरिकहरु आफ्नो देशलाई माया गर्दछन् । जहाँका नागरिकहरु ज्ञान, बुद्धि, विवेकले भरिपूर्ण हुन्छन् । जहाँका नागरिकहरु सबै क्षेत्रमा उत्कृष्ट हुन्छन् । त्यही देशले प्रगती गरेको तपाई पाउनुहुन्छ । नेपाल देशलाई पनि प्रगतीको बाटोमा लिएर जानुछ भने नेपाल देशलाई पनि गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्नुछ भने हामीले असल नागरिक उत्पादन गर्नुपर्छ । त्यसको निम्ति शिक्षा प्रणाली ठिक हुनुपर्छ ।

यो शिक्षा प्रणाली ठिक गर्नका लागि हाम्रो शिक्षा प्रणालीमा के–के कमजोरीहरु छन् ? अहिलेको व्यवहारलाई निर्देशित गर्ने शिक्षा प्रणाली छ कि छैन ? पढाइ, पढाइको निम्ति हो कि पढाइ समाजको परिवर्तनको निम्ति हो ? या उत्पादनमा वृद्धि गर्नका निम्ति हो ? देशको विकास गर्नका निम्ति हो ? ज्ञान र बुद्धिको सदुपयोग गर्नका निम्ति हो ? भन्ने कुरामा हामीले प्रष्ट भएर तदनुरुपको शिक्षा नीति अवलम्वन गर्नुपर्छ । सबै नागरिकहरुलाई हामीले सिपको तालिम दिनुपर्छ । यस अर्थमा हामी प्राविधिक र व्यवसायिक शिक्षालाई पनि धेरै जोड दिन चाहन्छौँ । महत्व दिन चाहन्छौँ ।’

उहाँले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयहरुमा बिस्तार गर्न अनुरोध गर्नुभयो । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।