१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लियो



अ+ अ-

काठमाडौँ । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको हो ।

जाहेरी परेपछि नियन्त्रणमा लिएको र जाहेरीअनुसार अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए ।

युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा उनले भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडियोबाट नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन् ।