१३ मंसिर २०८१, बिहीबार
,
Latest
अन्त:शुल्क स्टिकर छपाइमा  भ्रष्टाचार प्रकरण: पौडेल र श्रेष्ठलाई आठवर्ष कैदको फैसला  लगानी बोर्ड बैठक: बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि. को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त। रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन रवि लामिछाने सवार विमान पोखराबाट उड्यो सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्यो: कृषिमन्त्री अधिकारी वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लियो



अ+ अ-

काठमाडौँ । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको हो ।

जाहेरी परेपछि नियन्त्रणमा लिएको र जाहेरीअनुसार अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए ।

युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा उनले भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडियोबाट नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन् ।