७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय युवा संघ घिरिङको अध्यक्षमा तिलक थापा चयन



अ+ अ-

तनहुँ । राष्ट्रिय युवा संघ नेपाल घिरिङ गाउँ कमिटी दोस्रो भेला तथा अधिवेशन राष्ट्रिय युवा संघ नेपाल घिरिङका अध्यक्ष गोपाल वि. क. को अध्यक्षतामा सम्पन्न भएको छ ।

शनिबार भएको सो भेला तथा अधिवेशनले अध्यक्ष तिलक थापा, उपाध्यक्ष सन्जु श्रेष्ठ , सचिब समर रानाभाट, उप सचिव नेत्र थापा,याम बहादुर थापा लागएत सम्पुर्ण पदाधिकारी सहित सदस्यहरु पनि सर्वसम्मत ५१ जनाको कमिटि गठन गरेको छ ।

गण्डकी प्रदेश सचिवालय सदस्य एवम् घिरिङ गाँउपालिका अध्यक्ष होम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य बिष्णु भक्त सिक्देल विशिष्ट अतिथि रहनुभएको थियो ।

त्यसैगरि कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य रन बहादुर राना , राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य उज्वल खनाल , जिल्ला सदस्य नर बहादुर थापा, राष्ट्रिय युवा संघ नेपाल तनहूँका जिल्ला अध्यक्ष मदन तिमल्सेना, घिरिङ गाउपालिका उपाध्यक्ष राधा देवि अधिकारी, नेकपा एमाले घिरिङ गाँउ कमिटिका उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, राष्ट्रिय युवा संघ जिल्ला सदस्य अजित पन्थ लगाएतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा उपस्थित अतिथिहरुले घिरिङमा युवाहरुले स्थानिय तहको चुनावमा महत्वपुर्ण भुमिका खेलेर घिरिङमा दुई तिहाई मत ल्याउन सफल भएको समेत बताउनुभएको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ घिरिङ गाउपालिका सचिव संसार रानाभाटले संचालन गर्नुभएको थियो ।