२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयकबारे जानकारी गराइने



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचार गर्न फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने बैठकको सम्भावित कार्यसूची छ ।

यसअघि गत साउन १५ गते संघीय संसद्का दुवै सदनबाट पारित भई नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका पुगेको थियो । राष्ट्रपतिले पुनर्विचार गर्न सो विधेय पुनः प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो ।

फिर्ता भएको सो विधेयकलाई प्रतिनिधिसभाको बैठकले यही भदौ २ गते हुबहु पारित गरेको छ । पारित भएको सो विधेयकबारे आज राष्ट्रियसभाको बैठकमा जानकारी गराउन लागिएको हो ।

राष्ट्रियसभाबाट पनि सो विधेयक हुबहु पारित भएको खण्डमा प्रमाणीकरणमा राष्ट्रपतिकहाँ पुगेको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँले दुवै सदनबाट पुनः पारित भएर आएको विधेयकलाई फेरि पुनर्विचार गर्नका लागि संसद्मै फिर्ता पठाउन सक्ने अधिकार छैन ।