२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा टिकट बाँड्ने जिम्मा अध्यक्ष ओलीलाई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर ४ मा तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

शनिबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रत्यक्ष तथा सामानुपातिकतर्फको टिकट वितरण गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो ।

एमालेको निर्णयमा भनिएको छ, “प्रचलित निर्वाचन कानूनबमोजिम औपचारिक मनोनयनपत्र दिन र उम्मेदावरको बन्दसूची पेश गर्न दलको केन्द्रीय कमिटीको तर्फबाट पार्टीका केन्द्रीय अध्यक्ष एवं दलका प्रमुख पदाधिकारी केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरियो। ”

यस्तै, उम्मेदवार चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ । उम्मेदवार छनोट सम्बन्धी निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई हुन्छ । एमाले केन्द्रीय कमिटीले आफ्नो अधिकार केन्द्रीय सचिवालयलाई दिएको हो ।