• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

कुशे औँशीमा गोकर्णेश्वरमा भीड (फोटोफिचर)



आज कुशे औँशी । हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले वर्षभर देवकार्य र पितृकार्यका लागि प्रयोग गर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँशी पर्व मनाउने गर्दछन् । व्राह्मणले मन्त्रोच्चारणसहित पूजा गरेर यजमानको घरमा राख्ने कुशले परिवारको कल्याण हुने शास्त्रोक्त कथन छ ।

आज उखेलिएको कुश वर्षभर देव तथा पितृ कार्यमा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुशको आयु मात्र सोही दिन नै रहने शास्त्रप्रमाण छ । वैदिक सत्य सनातन धर्मावलम्वीले कुशलाई विष्णु भगवान प्रतिकको रुपमा पूजा गर्ने गर्दछन् ।

आजको दिन छोराछोरीले पितालाई मनपर्ने मिठाइ, फलफूल र अनेक मिष्ठान्न दिइ खुशी तुल्याइ पिताको मुख हेर्ने गर्दछन् । पिता गुमाएकाहरुले पिताको स्मरणमा पवित्र स्थानमा गएर श्राद्ध र तर्पण दिने प्रचलन छ । आज कुशे औँशीको दिन काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा भक्तजनहरुको भीड लागेको छ । पिता नहुनेहरुले पिताको स्मरणमा पवित्रधाम गोकर्णेश्वरमा गएर श्राद्ध, तर्पण एवं पिण्डदान दिएका छन् । उत्तरगयाका रुपमा परिचित गोकर्णेश्वरमा पिण्डदान गर्दा पितृदोषबाट मुक्त भइने धार्मिक विश्वास छ । नेपालको तनहुँस्थित देवघाटधाम, म्याग्दीको गलेश्वर लगायतका पवित्र धाममा आज पितृहरुको स्मरणार्थ पिण्डदान एवं तर्पण गर्नेको भीड लाग्छ ।