३ पुष २०८२, बिहीबार
,
Latest
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्नु हुँदैन : म्याक्रो



अ+ अ-

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रयोग नगर्न शुक्रबार चेतावनी दिनुभएको छ ।

“कुनै पनि अवस्थामा युद्धले देश, क्षेत्र र हामी सबैको आणविक सुरक्षालाई कमजोर पार्नु हुँदैन । असैनिक आणविक शक्तिको पूर्ण संरक्षण हुनुपर्छ,” अल्जेरिया भ्रमणका क्रममा म्याक्रोंले भन्नुभयो ।

यसैबीच राष्ट्रपति म्याक्रोंले इरानसँग विश्वका शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने वा नगर्ने कुरा इरानमा निर्भर रहेको र यसले सबै कुरा सुल्झाउन नसके पनि सम्झौता ‘उपयोगी’ हुने बताउनु भएको छ ।