• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

कर्णालीको कथा बोकेको चलचित्र ‘प्रकाश’ आजदेखि देशभरको पर्दामा



काठमाडौँ । नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो ।

दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा अधारित छ । चलचित्रको सम्पूर्ण छायाङ्कन जुम्लामा नै गरिएको छ ।

चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका छन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रको कथावस्तुलाई निकै मन पराउनुभएको छ । उहाँले चलचित्र उत्कृष्ट बनेकाले दर्शकसँगै नेताले पनि यस चलचित्र नछुटाउन आग्रह गर्नुभएको छ ।

त्यस्तै निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रमा नायक खड्काको अभिनय हेर्दा आनन्द महसुस भएको चर्चा गर्नुभएको छ । उहाँले चलचित्र हेर्दा कर्णालीभन्दा टाढा भए तापनि त्यहाँको जीवनमा आधारित भएकाले चलचित्र निकै नै राम्रो रहेको प्रशंसा गर्नुभयो ।

विनिश इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । चलचित्रको कथावस्तु विकास सुवेदीले लेख्नुभएको हो ।