२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उद्योग वाणिज्य संघ: बालेनले शक्तिको दुरुपयोग गरे



अ+ अ-

काठमाडौँ । काठमाडौँ उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले शक्तिको दुरुपयोग गरेको बताएको छ ।

काठमाडौँ उद्योग वाणिज्य संघ काठमाडौँका व्यापारीहरुको संस्था हो । उसले केही दिनदेखि महानगरले अनधिकृतरुपमा बनेका भौतिक संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरुलाई मर्का परेको भन्दै महानगरको सो कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार घरधनी र महानगरबीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको छ । “अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीलाई बिचल्ली बनाइयो ? जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षसमेत हुनुहुन्छ । संघले आपत्कालीन बैठक बोलाएको छ । दशैँको मुखमा व्यवसायीमाथि भएको अन्यायबारे साझा धारणा बनाउन आपत्कालीन बैठक बोलाइएको श्रेष्ठले बताउनुभयो ।