• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

अल्फाबिटाका प्रतिनिधिले घरको नक्सा माग्दा बालेनको प्रश्न: घरको नक्सा तपाईसँग हुन्छ कि मसँग ? (भिडियो)



काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अनधिकृत संरचनाहरु हटाउँने क्रममा वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुगेका छन् ।

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ तर पार्किङ भने सडक पेटीमा हुने गरेको छ । अनधिकृत संरचनाहरु हटाउँने अभियानमा हिडेका मेयर शाहले घरको नक्सा माग्दा उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।

सोहि क्रममा मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ ? त्यस्तै , अल्फाबिटाका प्रतिनिधिले पनि नगरपालिकामा के हुन्छ त ? भनेर मेयरलाई प्रतिप्रश्न गरे ।

बालेनले तत्काल पत्रिका निकालेरको ३५ दिने सूचना देखाए । अनि जंगिदै बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

अल्फाबिटाका प्रतिनिधिले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।

तत्काल प्रतिवाद गर्दै बालेन ले आफूहरुले कुनै पनि प्रकारको मिडिया स्टन्ट नगरेको बताए । महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।

महानगरका कर्मचारीले अफिसमा नै नक्सा लिएर आउन आग्रह गरे । तर अल्फाबिटाका प्रतिनिधिले लिखित लिएर वकिलसहित आउने बताए ।