३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्फाबिटाका प्रतिनिधिले घरको नक्सा माग्दा बालेनको प्रश्न: घरको नक्सा तपाईसँग हुन्छ कि मसँग ? (भिडियो)



अ+ अ-

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अनधिकृत संरचनाहरु हटाउँने क्रममा वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुगेका छन् ।

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ तर पार्किङ भने सडक पेटीमा हुने गरेको छ । अनधिकृत संरचनाहरु हटाउँने अभियानमा हिडेका मेयर शाहले घरको नक्सा माग्दा उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।

सोहि क्रममा मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ ? त्यस्तै , अल्फाबिटाका प्रतिनिधिले पनि नगरपालिकामा के हुन्छ त ? भनेर मेयरलाई प्रतिप्रश्न गरे ।

बालेनले तत्काल पत्रिका निकालेरको ३५ दिने सूचना देखाए । अनि जंगिदै बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

अल्फाबिटाका प्रतिनिधिले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।

तत्काल प्रतिवाद गर्दै बालेन ले आफूहरुले कुनै पनि प्रकारको मिडिया स्टन्ट नगरेको बताए । महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।

महानगरका कर्मचारीले अफिसमा नै नक्सा लिएर आउन आग्रह गरे । तर अल्फाबिटाका प्रतिनिधिले लिखित लिएर वकिलसहित आउने बताए ।