२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन आफ्नो स्वतन्त्रताका लागि लडिरहेको छ: अमेरिकी राजदुत बेरी



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले ३१ वर्षअघि युक्रेनले सोभियत संघबाट स्वतन्त्रता पाएको तर आज फेरि युक्रेन आफ्नो स्वतन्त्रताका लागि लडिरहेको बताउनुभएको छ ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “आज युक्रेनको राष्ट्रिय दिवसका दिन हामी युक्रेनी जनता र बाँकी संसारसँगै युक्रेनी जनताको भावना र बलको उत्सव मनाउँदैछौँ । साथै युक्रेनमा युद्ध सुरु भएको छ महिना पुगिसकेको छ । यी छ महिना डर र अनिश्चिततामा बितेका छन् ।

आफ्नो स्वतन्त्रता सराहना गर्नप्रति समर्पित हुनुपर्ने आजको दिनमा युक्रेनी जनताहरु क्रुर, अकारणको आक्रमणका विरुद्ध लड्दै स्वतन्त्रता मनााउन बाध्य हुनुपरेको छ । युक्रेन आफ्नो स्वतन्त्रताको रक्षा गर्न सफल हुनसक्छ र सफल हुनेछ । आफ्नो साहस र क्रुरताको अवज्ञाबाट युक्रेनले विश्वलाई प्रेरित गरेको छ । हामी सबैले युक्रेनलाई मानविय, आर्थिक र सैन्य सहायतामार्फत सहयोग गरि नै रहनुपर्दछ र रुसी सेना युक्रेनबाट नहटेसम्म रुसमाथि दबाब बढाउन छाड्नु हुँदैन । हामी सबै युक्रेनी जनताको साथमा उभिएका छौँ ।”

युक्रेनी जनतालाई रुसको हिंसा र उत्पीडनबाट मुक्त गर्न अमेरिकाले #UnitedwithUkraine, को साथमा उभिन जारी राखेको राजदूतले बताउनुभएको छ ।