५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतको आदेशः निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउनु



file
अ+ अ-

काठमाडौं । ‘कुमारी आमा’ का रुपमा परिचित निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

आज बुधबार सरकारी वकिलको माग बमोजिम अदालतले सो आदेश दिएको हो । न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको दुईसदस्यीय इजलासले सो आदेश दिएको हो ।

निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै १७ दिन आमरण अनशन बसेकी थिइन् । आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने उनको माग थियो ।

उच्च सरकारी वकिलको कार्यालय जनकपुरमार्फत निहारिकाको छोरा र आरोपी श्रेष्ठलाई विधिविज्ञान प्रयोगशाला जनकपुर पठाएर निहारिकाकै रोहबरमा डीएनए नमूना लिन अदालतले आदेश दिएको छ ।