२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनधिकृत संरचना हटाउन निर्देशन दिँदै दरबारमार्ग पुगे बालेन



अ+ अ-

काठमाडौँ । बुधबार बिहानैदेखि अनधिकृत संरचना हटाउन फिल्डमै खटिएका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अहिले दरबारमार्ग पुगेका छन् ।

महानगरपालिकाले बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर चलाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।

महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ । बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा र खिचापोखरी तथा रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो ।