१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनधिकृत संरचना हटाउन निर्देशन दिँदै दरबारमार्ग पुगे बालेन



अ+ अ-

काठमाडौँ । बुधबार बिहानैदेखि अनधिकृत संरचना हटाउन फिल्डमै खटिएका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अहिले दरबारमार्ग पुगेका छन् ।

महानगरपालिकाले बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर चलाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।

महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ । बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा र खिचापोखरी तथा रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो ।