१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन बैठकः सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत



file
अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन् ।

कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन । सहमतीको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शिर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी सहमतीको नजिक पुगेका छौं । आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो । हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं । जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ । किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भईसकेको छ । यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ ।’

कार्य दलका संयोजक समेत रहनु भएका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ हुनु भएका कारण बैठकमा उपस्थिति हुन सक्नु भएन । त्यसले पनि सहमति जुटाउने कार्यलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाई थियो ।

गठबन्धन दलहरुबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताउँदै आएका छन ।