• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सत्ता गठबन्धन बैठकः सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत



file

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन् ।

कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन । सहमतीको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शिर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी सहमतीको नजिक पुगेका छौं । आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो । हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं । जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ । किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भईसकेको छ । यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ ।’

कार्य दलका संयोजक समेत रहनु भएका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ हुनु भएका कारण बैठकमा उपस्थिति हुन सक्नु भएन । त्यसले पनि सहमति जुटाउने कार्यलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाई थियो ।

गठबन्धन दलहरुबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताउँदै आएका छन ।