११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

पार्टी पंक्तिलाई ओलीको आह्वानः निर्वाचनमा टिकट पाइन भनेर असन्तुष्ट नहुनु

पार्टी पंक्तिलाई ओलीको आह्वानः निर्वाचनमा टिकट पाइन भनेर असन्तुष्ट नहुनु
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकीर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उहाँको भनाई थियो ।

नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने पनि पटकपटक दोहोर्याउनु भयो । उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पुर्याउने उल्लेख गर्दै उहाँले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्र्रै ठाउँहरु हुने पनि स्पष्ट पार्नु भयो । ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा मतदाताको संख्या बढाउने र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने पनि बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरु एकजुट भएर लागिराख्या छन । यस्तो अवस्थामा उनीहरुले हाम्रो विरुद्धमा भ्रम फिजाउन खोजिरहेका छन । हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन । हाम्रा विरुद्ध मानिसहरुलाई उचाल्न खोज्छन । कोही पनि साथीहरु पार्टीको विरुद्ध उचालिनु, अधैर्यता राख्नु हुँदैन । एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्र पनि १÷१ जना उम्मेदवार हुन्छ । त्यत्तिनै हो उम्मेदवार हुने । जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् ।

उम्मेदवार पाईन भनेर असन्तुष्ट हुने हो भने एक जनाले उम्मेदवारी पाउँछ, बाँकि अरु त असन्तुष्ट हुने भए । त्यसकारण उम्मेदवार नपाएर असन्तुष्ट हुने काम, त्यसले हामीलाई ठूलो घाटा पु¥याउँछ । हामीले जित्यौ भने, सरकार बनायौं भने थुप्र्रै ठाउँहरु निस्कन्छन । हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं । एकजुट भएन जित्न सक्ने हो । जति एकजुट छौं, त्यत्ति बलियो छांै । जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं । त्यसकारण एकजुट हुनुपर्छ । एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन । तर त्यहाँ हाम्रो भित्र पनि समस्या छ । अव निर्वाचन आउँदैछ ।

यसमा अनेक प्रकारणका हत्कण्डा उनीहरुले प्रयोग गर्न सक्छन । हामीले ती सबै हत्कण्डालाई पराजित गर्नेगरी मतदाता संख्या बढाउने र मत रक्षा गर्ने । यो दुईटा कुरामा ध्यान दिनुस् । महिला दिदीबहिनीहरुमा अघि सघन ढंगले काम लगाउनुस् । आजको प्रवेश हेर्दा पुरुषमा अघि बढि काम भएको देखिन्छ, महिलामा अलि कम काम भएको हो कि भन्ने देखिन्छ । महिलाहरुमा काम लिएर जानुहोस् । राजनीति महिलाहरुमा लिएर जानुहोस् । अनि बल्ल समाज जाग्छ । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–युवाहरुमा काम लिएर जानुस् । आज पनि थोरै मात्रै युवाहरु प्रवेश गर्नु भएको छ । ती युवाहरुलाई प्रवेश गराउनेतिर जानुस् । र, टोलटोलमा संगठन, घरघरमा सदस्य अखिल नेपाल महिला संघले यो गर्नुपर्छ । युवा संघले त्यो गर्नु पर्दछ ।

किसान संघले त्यो गर्नु पर्दछ । र, अरु विभिन्न संगठनले पनि जहाँजहाँ हुन सक्दछ, टोलटोलमा संगठन, घरघरमा सदस्य त्यो अभियान हामीले जान सक्यौ भने मात्रै काम हुन सक्छ । माथिमाथि हामीले कुरा ग¥यौं तर तल जनताको बीचमा, आम जनताको बीचमा गएनौं भने, हामी अनावश्यक कुरामा कन्सस भयौं भने, केही पनि फुत्किदैन काम ग¥यौं भने । मजाले काम गर्नुपर्छ । यदि हामीले दम्भ देखायौं भने, घमण्ड ग¥यौं भने त्यसले राम्रो गर्दैन । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–एमाले अव अत्यन्त सक्रिय हुनुपर्छ । जो नेता साथीहरु हुनुहुन्छ, उहाँहरुको पदको नेता होइन, लिड गरेर कामका नेता ।

म अहिले पनि १८ घण्टा काम गर्छु । १८ घण्टा काम गर्छु म । अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ । १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस् । १२ घण्टा गर्नुस् । १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नुस् । ८ घण्टा मात्रै एक जना मानिसले काम गर्यो भने धेरै काम हुन सक्छ । त्यसकारण सक्रिय बनौं । संयमित बनौं, शालिन बनौं । विनम्र बनौं । र, जनताका बीचमा जाऔं । म नेताजीहरुलाई पनि आग्रह गर्न चाहन्छु । म फेरी एक पल्ट ’

अध्यक्ष ओलीले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दावी गर्नु भयो । अरुले मधेशमा त्यहाँका जनताको समस्या समाधान होइन, राजनीति मात्रै गरिरहेको उहाँको आरोप थियो । ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैंले अघि बढन नदिएको गुनासो समेत गर्नु भयो । उहाँले विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुृ भयो, ‘नागरिकता सम्बन्धि ५१ सालमा म गृहमन्त्री हुँदा धनपति उपाध्यायको नेतृत्वमा आयोग बनाएर समस्या समाधान कसरी गर्ने भनेर गरेका थियौं । मैले प्रधानमन्त्री हुनेवित्तिकै यसपल्ट नागरिकता विधेयक पेश गरेको थिए । एकै पार्टी भएपनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढंगी तालले, गलत ढंगले छलफल गर्न नदिईकन उनीहरुले अगाडि बढाएका छन । त्यो देशको हितको पक्षमा हुनुपर्छ, जनताको हितको पक्षमा हुनुपर्छ । नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ । नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ ।

नागरिकताको समस्या त्यही त हो नि । वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्छ गर्छ । त्यो त जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुप¥यो । त्यो विवाह साँच्चै हो कि होइन । टिक्छ कि टिक्दैन । नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अश पाउन मात्रै विवाह गरि टोपलेको छ कि । यस्ता कुराहरु अलिकति हेर्नुपर्छ । कहिलेकहिले नागरिकहरुलाई कसैले झुक्याउन खोज्यो भने पनि राज्यले हेर्नुपर्छ कहीँ ठग्न पो खोजेको छ कि ? त्यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ । र, नागरिकताको समस्या सही ढंगले समाधान गर्ने नेकपा एमालेबाहेक अरु कोही छैन । अरुले त राजनीति मात्रै गर्ने हो । अरुले मधेशमा राजनीति मात्रै गर्छ । मधेशको विकास, मधेशी जनताको विकास, मधेशी जनताको शिक्षा, मधेशी जनताको स्वास्थ्य यी सबै कुरामा । हामीले विद्यालय भर्ना अभियान संचालन गर्यौँ । अभिभावकत्वको कुरा गर्यौँ ।’

अध्यक्ष ओलीले मधेशका जनताको समस्या समाधानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले धेरै काम गरेको दावी समेत गर्नु भयो ।