११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

उम्मेदवार छनोटको विधि र मापदण्ड केन्द्रीय कमिटीले तय गर्ने

उम्मेदवार छनोटको विधि र मापदण्ड केन्द्रीय कमिटीले तय गर्ने
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताएको छ ।

मंगलवार स्थायी कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नु हुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला रहेको बताउनु भयो । उहाँले देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको बताउनु भयो । कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन । एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरुलाई ढोका खुला छ । तर हामी के भन्दैनौ भने गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहाँदैनौ । हामी एक्लैले चुनाव जित्नसक्छौँ । चुनाव लड्नुपर्छ । चुनौतीको सामना गर्नुपर्छ । हाम्रो यो अभियानमा सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनताको यो अभियानमा, देशलाई बचाउने, लोकतन्त्रलाई सुदृढ गर्ने यो अभियानमा, गणतन्त्रलाई कार्यान्वयन गर्ने अभियानमा जो जो हामीसँग एजेण्डा मिल्छ नि उ सँग आउने । बलजफ्ती हामीसँग मिल्न आउ भन्ने परिस्थिति हुँदैन ।’

स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरुको अनुमोदन गरेको बताउनु भयो । त्यस्तै पछिल्लो समय अन्य पार्टीहरुबाट नेकपा(एमाले) प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई मातहतका कमिटीहरुमा व्यवस्थापन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

बैठकले कुलभक्त शाक्य, डिबि नेपाली र नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषद्मा मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै जीवन गौतम, वृजेश गुप्ता, धर्म देवकोटा र अमृत राजवंशीलाई केन्द्रिय कमिटी सदस्यमा मनोनयन गरेको पनि उहाँले जानकारी दिनुभयो । बैठकले ५२ हजार ५५० जनाको पार्टी सदस्यता दोहोरिएकाले सो सदस्यताको व्यवस्थापनका लागि संगठन विभागलाई जिम्मेवारी तोकेको छ ।

६ वटा प्रदेशका ईन्चार्जहरुले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको संगठनात्मक गतिविधिको सम्बन्धमा रिर्पोटिङ गर्नुभएको छ । त्यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ १० र ११ गते हुन लागेको केन्द्रिय कमिटीको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा ब्रिफिङ गर्नुभएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । अध्यक्ष ओलीले केन्द्रिय कमिटी बैठकमा ल्याउने प्रतिवेदनको सम्बन्धमा नेताहरु सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, कर्ण थापा, प्रभु शाह, शेरधन राई, रघुजी पन्त, मणि थापा, खगराज अधिकारी लगायतका नेताहरुले सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।