१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि राजदूतस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन गरिने



file
अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायुजन्य जोखिम न्यूनीकरणमा हातेमालो गर्दै एकअर्को देशमा भइरहेका ज्ञान र अनुभव आदानप्रदान गर्न पर्वतीय देशका राजदूत र सरोकारवाला संलग्न सम्मेलन हुने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवस अर्थात आगामी मङ्सिर २५ गते सम्मेलन गर्ने तयारी भएको वन तथा वातावरणमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सम्मेलनमा २० देशका राजदूत र विषयविज्ञ सहभागी हुने छन् । जलवायु परिवर्तनले पर्वतीय देशमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउन नेपालमा राजदूतस्तरीय अन्तर्राष्ट्रिय जमघट गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

उक्त सम्मेलनका लागि परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग छलफल भएको तथा उहाँहरुले कार्यक्रम अघि बढाउन स्वीकृति दिनुभएको मन्त्रालयले जनाएको छ । पर्वतीय देशको प्रतिनिधित्व हुने गरी नेपालका लागि आवासीय र गैरआवासीय राजदूतलाई उक्त सम्मेलनमा सहभागी गराइने छ ।

उक्त जमघट आगामी फागुनमा मुस्ताङमा हुने पर्वतीय पैरवी सम्मेलनको पूर्व तयारीका रुपमा समेत सहयोगी बन्ने छ । विश्वव्यापी तापमान वृद्धिले उच्च भेगमा वर्षा, बाढी र हिमपातको प्रकृतिमा देखिएको परिवर्तन, कृषि, जनजीविकाका विविध पक्षसँग केन्द्रित रहेर आगामी फागुन अन्तिम साता मुस्ताङमा पर्वतीय सम्मेलन हुँदै छ ।