११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्डेन अवार्डबाट सम्मानित

बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्डेन अवार्डबाट सम्मानित
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–२५का विश्वराज बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित हुनुभएको छ । अमेरिकाको न्युयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजलाई कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पु¥याउनुभएबापत उहाँ उक्त अवार्डबाट सम्मानित हुनुभएको हो ।

अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयुक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा बाँस्तोलाले पु¥याउनुभएको मानवीय सेवालाई देशले मूल्याङ्कन गरेको उल्लेख छ । उक्त अवार्ड र सम्मानपत्र नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा न्यूयोर्कमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रदान गर्नुभएको हो ।

विसं २०२८ मा हेम्जामा जन्मनु भएका बाँस्तोला आफ्ना बुबाको सामाजिक कार्य पछ््याउँदै सानैदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । विसं २०४४ देखि नेपाल विद्यार्थी सङ्घमा क्रियाशील उहाँ २०४६ सालको जनआन्दोलनसँगै २०६२/६३ को आन्दोलनमा सक्रिय सहभागी हुनुहुन्थ्यो ।

शिक्षक सङ्घ कास्कीको सदस्य र सचिव हुँदै केन्द्रीय समितिको सदस्य भइसक्नुभएका उहाँ अम्बिका माध्यमिक विद्यालय र सिर्जना बहिरा आवासीय उच्च माविको प्राचार्य बन्नुभएको थियो । विसं २०६६ मा नेपाल सरकारबाट शिक्षा मन्त्रालयको विशेष शिक्षा परिषद्को सदस्य पदमा विशेषज्ञको रुपमा नियुक्त बन्नुभएका बाँस्तोलाले प्रजातान्त्रिक विचार समाज, मानव अधिकार तथा शान्ति समाज, एमनेष्टी इन्टरनेशनल, रेडक्रस, लायन्स क्लबलगायत दर्जनौँ सामाजिक सङ्घ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिकामा रहिसक्नुभएको छ ।