२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को आग्रहमा प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

एमालेले आज मंगलबारदेखि यही भदौ १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एक सातासम्म प्रतिनिधिसभा बैठक नराख्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको थियो ।

एमालेको आग्रहका कारण प्रतिनिधिसभाको बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

एमालेको आज स्थायी कमिटीको बैठक बस्दैछ । सो पार्टीले त्यस्तै भदौ ९ गते पोलिटब्यूरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक र १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।