१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले कोटेश्वरमा बस तोडफोड गरे



अ+ अ-

काठमाडौँ । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित बनाएको छ । देशका विभिन्न ठाउँहरुमा बन्दकर्ताले सवारी चल्नमा अवरोध पुर्याइरहेका छन् ।

यसैबीच बन्दकर्ताले काठमाडौँको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।

नेपाल बन्दको क्रममा बिहान साढे ६ बजेतिर बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।