१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले कोटेश्वरमा बस तोडफोड गरे



अ+ अ-

काठमाडौँ । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित बनाएको छ । देशका विभिन्न ठाउँहरुमा बन्दकर्ताले सवारी चल्नमा अवरोध पुर्याइरहेका छन् ।

यसैबीच बन्दकर्ताले काठमाडौँको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।

नेपाल बन्दको क्रममा बिहान साढे ६ बजेतिर बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।