५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन: कमल थापा



file photo
अ+ अ-

काठमाडौं । राप्रपा नेपाल पुनर्जागृत गरेपछी अध्यक्ष कमल थापाले पहिलोपटक आज सोमबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट संचालन हुने पार्टी नभएको बताए ।’

कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल संचालित हुदैन’थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा कृयाशिल हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली जनताले बिकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई नेपाली जनताले खोजेको बैकल्पिक शक्ति बनाउने अभियानमा आफू लागिरहेको बताए । राष्ट्रियताको सम्बर्द्धन ,प्रजातन्त्रको सुदृढीकरण , धर्म संस्कृतिको रक्षा र आर्थिक समृद्धिको एजेन्डा बोकेको पार्टी राप्रपा नेपाल भएकोले यसलाई बलियो बनाउन नेपाली जनताले साथ दिनुपर्नेमा उनको जोड थियो । बेरोजगारी ,भ्रष्टाचार , कुशासन , धर्मपरिबर्तन अहिले देशको मुख्य समस्या र चुनौती भएको चर्चा गर्दै थापाले ठुला भनिने दलहरुसङ्ग दुरदर्शिता र ईमानदारिता नभएको बताए ।

चुनावमा केही सिटमा तालमेल हुने र देशैभरी राप्रपा नेपालले आफ्नो उम्मेदवारी खडा गर्ने समेत थापाले स्पष्ट पारे । चुनावी तालमेल नेकपा एमाले सङ्ग हुने सम्भावना बढी भएको समेत उनले बताए । राप्रपा नेपाल झापा अध्यक्ष कमल खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेताहरु लाक्पा तामाङ ,सुशिल श्रेष्ठ ,राजाराम बर्तौला, बसन्तमानसिह अधिकारी, तेज कुरुङ्वाङ,बासुदेब भट्टराई ,ममता राई, देबिरमण भट्टराई लगायतले बोलेका थिए ।




भर्खरै