• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

युद्धमा युक्रेनतर्फ करिब नौ हजार सैनिकको मृत्युः सेना



एजेन्सी । रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् ।

भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भन्नुभयो, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक हुन पनि सक्छन् ।”

युक्रेनी अधिकारीहरूले करिब छ महिनाको युद्धमा भएको सैन्य क्षतिबारे विरलै मात्र विवरण दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत अप्रिलमा करिब तीन हजार युक्रेनी सैनिकको मृत्यु भएको र १० हजार घाइते भएको बताउनुभएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न आफ्नो सेनालाई निर्देशन दिएपछि दुबैतर्फ हजारौँ सैनिक मारिएका अपुष्ट समाचारहरू आएपनि दुबैतर्फबाट सार्वजनिक मारिएका वा घाइते भएका भनी सार्वजनिक सूचीभन्दा ठूलो सङ्ख्यामा सैनिक तथा सर्बसाधारणको हताहत भएको हुनसक्ने विश्लेषकहरूले बताउने गरेका छन् ।