११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

एमाले परित्याग गरेका ई. शुसान्त श्रेष्ठद्वारा काठमाडौं–५ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा

एमाले परित्याग गरेका ई. शुसान्त श्रेष्ठद्वारा काठमाडौं–५ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा
अ अ+ अ-

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का नेता ई.शुसान्त श्रेष्ठले पार्टी परित्याग गरि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं–५ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले विगत ४ वर्षदेखि नै यस पटकको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न सक्षम युवाहरुको समूह बनाएर तयारी गरिरहेको स्मरण गराए । उनले भने,‘देशका विभिन्न क्षेत्रमा अनुभव बटुलेका युवा साथीहरूले यो अभियानमा काम गरिरहनुभएको छ ।’

उनले नेपालमा गणतन्त्र स्थापनाको भएको १४ वर्षभन्दा बढि समय बितिसक्दा पनि जनताको अवस्थामा सुधार नभएको गुनासो पोखे । उनले भने,‘देशमा गणतन्त्र स्थापना भएको लामो समयसम्म नेपालका राजनीतिक दलले जनतामा चिल्ला नारामात्रै बाडिरहे, हामी जनताले पत्याईरह्यौं । जनताको अवस्था न कहिल्यै सुधार भयो न हुने छाँट नै देखियो ।’

उनले व्यवस्था परिवर्तनका लागि प्राणको परवाह नगरी लडेका राजनीतिक दल सत्तामा पुगेपनि आफ्नो मात्र प्रगति सोचेको आरोप लगाए । नेताहरुले आफ्नाबाहेक जनताको समृद्धिका निम्ति काम नगरेको उनको भनाई थियो ।

श्रेष्ठले २५ वर्षको हुँदादेखि एमालेमा सक्रिय भएर काम गरेको उल्लेख गर्दै पार्टी सुधार्न पटक–पटक आवाज उठाएपनि पार्टीको अवस्था अहिलेसम्म उस्तै रहेको गुनासो पोखे । उनले आफ्नो जीवनको उर्जावान समयमा देशका निम्ति केही गर्ने सोच बनाएपनि युवाहरुलाई दलका नेताले मुठ्ठीमा राख्न खोजेको उनको भनाई छ ।

उनले पार्टीमा युवाहरुको सीप क्षमताअनुसारको सल्लाह केही सिमित नेताहरुले मात्र सुनेपनि नीति निर्माण गर्नेहरुले जनतालाई सर्वोपरी नठानेको भन्दै दुःखेसो पोखे ।

भगवान श्री पशुपतिनाथको कसम खाँदै उनले जनताको प्रत्येक मतको कदर गर्ने विश्वास दिलाए । उनले भने,‘म जनताको प्रत्येक मतको कदर गर्छु । व्यक्तिगत स्वार्थका निम्ति पदको दुरूपयोग गर्दिनँ । प्रत्येक मतदाताको सुझाब लिन्छु र जनताको सुझाबलाइ आत्मसात् गर्दै उहाँहरुको समस्याको समाधानका उपाय खोज्छु, र जनताको आवाजलाई लिएर संसद्मा खरो रुपमा प्रस्तुत हुन्छु ।’

उनले केही ठोस योजना समेत घोषणापत्रमा उल्लेख गरेका छन् । उनले अघि सारेका योजनामा सामाजिक क्रियाशिलता, पारदर्शिता र जवाफदेहिता, प्रविधिमैत्री सेवा, उद्यमशिलता र शिक्षा, सांस्कृतिक नीति रहेका छन् ।