११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

काठमाडौं–५ बाट प्रा.डा.गोपीलाल न्यौपानेको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं–५ बाट प्रा.डा.गोपीलाल न्यौपानेको स्वतन्त्र उम्मेदवारी घोषणा
अ अ+ अ-

काठमाडौं, ६ भदौ । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रा.डा.गोपीलाल न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन् ।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफूले उम्मेदवारी दिएको न्यौपानेको दाबी छ । पत्रकार सम्मेलनमा बोल्दै उनले धेरै मुलुकमा भएका पटक–पटकको राजनीतिक परिवर्तनले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसकेकोे आरोप लगाए ।

वर्तमान राजनीतिक नेतृत्वले अब बहुदलीय व्यवस्था नजोगाउने भन्दै उनले लोकतान्त्रिक गणतन्त्रपनि जोगाउन नसक्ने ठोकुवा गरे । अहिलेका नेताबाट आम नागरिकको दशकौँको सम्पन्नताको चाहना पुरा हुन नसकेको भन्दै उनले भने,‘निर्वाचनमा घोषणापत्ररूपी निबन्धमार्फत जनतामाँझ जाने, मत बटुली सत्तामा पुग्ने र झुटा भाषण गर्नेबाहेक उहाँहरुसँग आर्थिक–सामाजिक रुपान्तरणका कुनै पनि नीति र कार्यक्रम भेटिएनन् ।’

देशभित्र गरिबी, बेरोजगारी, असमानता, महंगी, भ्रष्टाचार र अनैतिकता झनझन बढेर गएको भन्दै उनले राष्ट्रमा न्याय हराउँदै गएको समेत टिप्पणी गरे । उनले भने,‘जनताको जीउधनको सुरक्षा समाप्त भयो, मुलुक क्रमशः दलीय तानाशाहीकरण हुदै आर्थिक रुपले टाटपल्टने स्थितिमा पुग्यो । तपाई हामीले विश्वास गरेका दलका नेताहरु अत्यन्तै स्वार्थी हुदै गए। उहाँंहरु आफनो परिवार र कार्यकर्ताको स्वार्थको लागि मात्र भयो ।’

नेपाललाई सधैंका लागि रोजगारयोग्य मुलुक बनाउन आफुले उम्मेदवारी दिएको उनको भनाई थियो । उनले भने,‘नेपालले नेपालीलाई मात्रै नभई विदेशीलाई पनि रोजगारी दिन सकोस् भनेर म राजनीतिमा होमिएको हुँ ।’ उनले कुनैपनि नेपाली अहिले नेपालमा बस्न सक्ने अवस्था नभएको उल्लेख गर्दै शहरमा राम्रो बंगला बनाउने र गाडी चढ्ने सपना युवाहरुले देख्न छाडेको टिप्पणी गरे ।

आफु उम्मेदवार हुन मात्रै उम्मेदवारी नदिएको पुष्टि गर्दै उनले भने,‘अहिले नेपाल हिँडेको कोर्स गलत छ, यसले एडप्ट गरेको फिलोसफी गलत छ, यसले लिएको नीति र थ्योरी गलत छ । त्यसैले मैले यो नीति बदल्न चाहान्छु ।’ र, उनले आफु बहुदलीय व्यवस्थाको पक्षमा भएको समेत बताए ।

३५ वर्षसम्म त्रिविका कलेजहरुमा अध्यापन गराएका प्रा.डा.न्यौपानेले व्यक्तिगत स्वतन्त्रता, प्रतिस्पर्धी खुला बजार अर्थतन्त्र, सानो र सीमित सरकार, सानो संसद्, सानो कर्मचारी प्रशासन, न्याय र जनताको जिउधनको सुरक्षा राज्यले गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । लोकतान्त्रिक संविधान जोगाउन उम्मेदवारी दिएको समेत थप प्रष्ट पार्दै उनले आफुले गणतन्त्र र संघीयतामा विश्वास गर्ने समेत जानकारी दिए । न्यौपानेले लोकतन्त्रमा नेता मोटाउने र जनता दुब्लाउने अवस्थाको अन्त्य गर्न आफुले चाहेको बताए ।

उनले आर्थिक–सामाजिक रुपान्तरणका मुल मुद्दाहरु पनि अघि सारेका छन् । उनले जनतालाई करको बोझबाट मुक्त गराउन एक कर प्रणाली लागुपर्ने बताएका छन् । बजेटमा हुने ठुलो भ्रष्टाचार रोक्नुपर्ने भन्दै उनले आन्तरिक र बाह्य ऋण लिएर संसद्मा तलव भत्ता खाने व्यवस्थाको अन्त्य गर्नुपर्ने टिप्पणी गरेका हुन् ।

उनले मित्रराष्ट्रहरुसँग आपसी लाभको आधारमा व्यवसायिक सम्बन्ध विकास गरेर अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको अर्थतन्त्रसँग जोड्नुपर्नेे मुद्दा पनि उठाएका छन् ।