• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार ★   राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर ★   गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही ★   पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम गरेका थिए ★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा

गायक पोखरेल विश्वव्यापी सद्भावना दुतमा नियुक्त



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दुत नियुक्त गरेको छ ।

आईतवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयले गायक पोखरेललाई नेपालको ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको हो । पर्यटन मन्त्रालयमा भएको सम्मान कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको संस्कृति, सम्पदाहरुलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गरेर गायक पोखरेललाई ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको पनि बताउनु भयो । उहाँले गायक पोखरेलले कलामार्फत नेपाल र नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रको कामलाई प्रवद्र्धन गर्नको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सम्मान गरेर जिम्मेवारी दिने नीति लिएका छौँ । नेपालको संस्कृति, सम्पदाहरुलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुराले हामीलाई झनै यो कामका लागि सही व्यक्ति हुनुहुन्छ भन्ने लाग्यो । हामीले आज मन्त्रीस्तरीय निर्णय गरेर तपाईलाई ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेका छौँ । हामीलाई विश्वास छ, तपाईंले तपाईंको कलामार्फत नेपाललाई चिनाउन सफल हुनुहुनेछ । तपाईको माध्यमबाट नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास छ ।’

कार्यक्रममा गायक दिवेश पोखरेलले आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । उहाँले अमेरिकन आइडलमा जाँदा नेपालीहरुको साथ सहयोग धेरै पाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकन आईडलमा गएको बेलामा सहयोग गर्नुभएकोमा धन्यवाद । आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्नेछु ।’

एक महिनाको नेपाल बसाईमा गायक पोखरेलले नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिन संगीत युनिभर्सल ल्याङ्ग्वेज गर्नुहुनेछ । देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट हुनेछन् । कन्सर्टकै आधारमा सांगीतिक टूर डकुमेण्ट्री बनाउने उहाँको योजना छ । सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आउनुभएको थियो ।