११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कल सेन्टरमा मन्त्री कुँवर: ठगी गर्नेलाई कानूनको कठघरामा ल्याउने अश्वासन (फोटोसहित)

कल सेन्टरमा मन्त्री कुँवर: ठगी गर्नेलाई कानूनको कठघरामा ल्याउने अश्वासन (फोटोसहित)
अ अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ ।

श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो । उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको,मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुन्नुभएको छ । मन्त्री कुँवरले अब प्रत्येक आईतवार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताउनु भयो । मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने बताउनु भयो । उहाँले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिनुभयो ।

मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौं भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताउनु भयो । उहाँले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गर्नुभयो । मन्त्री कँुवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताउनु भयो ।

उहाँले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताउनु भयो । उहाँँले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताउनु भयो । मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेको बताउनु भयो । उहाँले त्यो जटिलता समाधान गर्नको लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताउनु भयो । मन्त्री कुँवरले श्रमिकहरुलाई बुझ्दै नबुझि विदेश नजान पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ कल सेन्टरमामा बसेर श्रमिकका गुनासो सुन्ने काम निरन्तरता हुन्छ । कुनैदिन बाहिर गएको बेलामा स्थगित हुनसक्छ तर त्यो भन्दा बाहेक अन्य दिन निरन्तर हुन्छ । कुनैपनि काम शुरुवात गर्ने भनेको ब्रेक गर्नको लागि होइन । निरन्तरता दिएर सहजताको लागि हो । यसको उदेश्य भनेको श्रमिकका समस्याबारे मन्त्रालयले प्रत्यक्ष रुप थाहा पाउने श्रमिकहरुले प्रत्यक्ष रुपमा भन्दा पाउँदा समस्या समाधान हुने रातह हुन्छ । मन्त्रालयको टिम जनताको अभिभावक हो । मन्त्रालयको उच्च नेतृत्वसँग संवाद गर्दा राहतको अनुभुति हुन्छ भनेर यो कार्य अगाडि बढाएका हौं । सरकारले श्रमिकको उजुरी नसुनेको होइन । गुनासो सुन्ने नभएको होइन । विभागका परेका उजुरी सम्बोधन भएको विषय हेर्दा थाहा हुन्छ । हामीले गरेको प्रमाणहरु छन् । सरकारले धेरै काम गरेको छ थोरै मात्र बाँकी छन् । त्यो पनि मन्त्रालय गर्छ । केही मन्त्रालयको दायरा भन्दा बाहिरका मुद्दाहरु रहेकाले काम गर्न सकिएको छैन । ऐन र कानून अनुसार परेका मुद्दाहरुको किनारा लगाइन्छ । नेपालबाट श्रम स्वीकृत गरेर विदेशमा गएर मुत्यु भएका श्रमिकलाई नेपाल ल्याउन कुनै समस्या छैन । तर श्रम स्वीकृत नभइ विदेशमा पुगेका र त्यहीँ मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेका छन् । अहिले सरकारको डाटा अनुसार ४६ लाख नेपाली नागरिकहरु विदेशमा रहनुभएको छ । विदेश जाँदा हामी बुझेर मात्रै जाऔं । कामको प्रकृति हेरेर मात्रै विदेश जान बाटो तय गरौं । धेरै कुरा नबेझेर पनि समस्या आएका छन् । अहिले विमानस्थलमा जाँदा श्रमिकहरुलाई कुन देश जान लागेको समेत थाहा हुँदैन । श्रमिकहरु घरबाट नै ठगिएका छन् । यो ठगिनबाट जोगिनुपर्छ । विदेशमा लैजान्छु भन्ने जसलाई पायो त्यसलाई पैसा दिने बिना प्रमाण पैसा दिने प्रवृत्तिको पनि विकास भएको छ । विदेशमा जानु नेपालीको बाध्यता हो । बाध्यताका बाबजुत पनि विदेशमा गएका छौं । विदेशमा रहेका नेपालीहरुका समस्याहरुमा धेरै समस्याहरु रहेका छन् । विदेशमा जाँदा बुझेर मात्रै जाऔं । समस्या परेको खण्डमा मन्त्रालय लगायत विभिन्न विभागहरु रहेका छन् । श्रमिकहरुबाट आएका गुनासाहरुलाई संकलन गर्छौं । तत्काल सम्बन्धित निकायहरुले बुझेर समस्या समाधान गर्नुहुन्छ ।’

त्यस्तै,मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताउनु भयो । उहाँले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेका छन् । त्यसमा विभिन्न प्रकृतिका उजुरीहरु आउँछन् । उपसचिवले ती उजुरीलाई छनोट गरेर प्रहरीमा पठाउने उजुरी प्रहरीलाई पठाउनु हुन्छ । विभिन्न विभागका भए विभागहरुमा जान्छ । यो काम संस्थागत हिसाबले अगाडि बढेको छ । कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैया पीडितहरुको असुल गरेका छौं । पहिला १६ घण्टा उजुरी दिन सकिने थियो भने अहिले २४ घण्टा दिन सकिन्छ ।’

उहाँले कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ पीडितहरुको असुल गरेको दाबी गर्नुभयो ।