२० मंसिर २०८१, बिहीबार
,
Latest
अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा प्रकाशित समाचारमा ४० प्रतिशतमा शब्दहरु अपाङ्गतामैत्री भएनः सर्वेक्षण रवि लामिछानेलाई चितवनबाट वीरगन्ज लगिँदै नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने ! प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज काठमाडौं फर्किंदै प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जानुहुने बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच उक्त दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आउनुभएको हो ।

नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।