• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

रक्सी खाएर साथी साथीमा झगडा हुँदा एकको मृत्यु, तीनजना पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले ज्यानसम्बन्धी कसूरमा तीन जनालाई पक्राउ गरेको छ । बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्यामा सङ्लग्न तीनजनालाई गएराति पक्राउ गरेको हो ।

पक्राउपर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको जानकारी दिनुभयो । शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुका सम्बन्धमा बौद्ध प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।