२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ६२३ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजार ९४५ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ६२१ पीसीआर परीक्षणमा २४६ र तीन हजार ३२४ एन्टिजेन परीक्षणमा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८७ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार २४ पुगेको छ ।