१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण फौजका रूपमा वाइसियलले काम गर्नुपर्छः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रातृ संगठन वाईसीएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न निर्देशन दिएका छन् ।

आज काठमाडौंमा आयोजित वाइसिलको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति सम्भव रहेको बताउँदै प्रचण्डले वाइसियललाई आफूहरू सहायक संगठन भएको भन्दै विश्राम लिन छुट नभएको समेत बताए ।

‘माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न सक्दैन’ उनले भने ।

यस्तै फरक प्रसंगमा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने बताए ।