२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने



अ+ अ-

काठमाडौं । अमेरिकी आईडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताउनुभएको छ । रोल…
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो ।

नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीवार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीत प्रश्तुत गर्न नेपाल आएको बताउनु भयो । नेपालमा शनिवारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उहाँसहितको टोली नेपाल आएको थियो । उहाँले नेपालमा रहेका समर्थकहरुका लागि सांगीतिक प्रश्तुति दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताउनु भयो ।

एक महिनाको उहाँको नेपाल बसाईमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिने बताउनु भयो । उहाँले संगीत युनिभर्सल ल्याङ्ग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनु भयो । गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्नुहुनेछ । उहाँले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आउनुभएका गायक पोखरलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको बताउनु भयो । उहाँ अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल हुनुभएको थियो ।