३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन

निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन
अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगले आफूलाई ‘रेफ्री’ का रूपमा निष्पक्ष राख्नुपर्नेमा जोड दिनुभएको छ ।
बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले आयोग कतिपय अवस्थामा आफैँ ‘खेलाडी’ बन्न खोजेको भन्दै आलोचना गर्नुभयो ।

सांसद पुनले सूचना प्रविधिको तिब्र विकास र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगले निर्वाचन प्रणालीमा नयाँ चुनौती थपेको बताउनु भयो । आगामी पाँच वर्षमा निर्वाचनको स्वरूप पूर्णतः परिवर्तन हुने उल्लेख गर्नुभयो । सांसद पुनले निर्वाचनमा प्रविधिको प्रयोग बढाउन र विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।  मतदानको दिन सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पारिँदा मतदाताको सहभागितामा कमी आएको तर्क गर्दै उहाँले सुरक्षा चुनौतीलाई ख्याल गर्दै यातायात सहज बनाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले डिपफेक र अल्गोरिदमको जमाना छ । हामी प्रचारमा नगए पनि हाम्रा नक्कली भिडियो र आवाजहरू प्रयोग हुन सक्छन् । यस्ता प्रविधिले निर्वाचनको विश्वसनीयतामा पार्ने प्रभावलाई सम्बोधन गर्न आयोगले विशेष तयारी गर्नुपर्छ । निर्वाचन क्षेत्र बाहिर रहेका युवा र विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा जोड्न निर्वाचन आयोगले ठोस पहल गर्नैपर्छ । दलहरूको आन्तरिक लोकतन्त्रलाई व्यवस्थित बनाउन सहयोग गर्ने हो, तर आयोग आफैँ दलको विवादमा पक्षधर देखिनु हुँदैन। आयोगको निर्णय पूर्वानुमानयोग्य र पारदर्शी हुनुपर्छ । विगतमा रेडियो नेपाल वा गोरखापत्रमा निश्चित स्थान दिइन्थ्यो, अब आयोगले नै डिजिटल माध्यमबाट उम्मेदवारको प्रचार गर्ने व्यवस्था मिलाए खर्च कम हुने र पहुँचमा समानता आउनेछ ।’

आयोगको स्वायत्तताका विषयमा चर्चा गर्दै सांसद पुनले कानुनको मस्यौदा बनाउँदा आयोगले सरकारको मुख ताक्न नहुने र आफ्नो आवश्यकताअनुसारको प्रश्ताव आफैँले अघि बढाउनुपर्ने बताउनु भयो । राजनीतिक दलहरूको आन्तरिक विवादमा आयोग प्रवेश गर्दा विवादित हुने गरेको बताउनु भयो । निर्वाचन खर्चलाई कम गर्न र सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्न आयोगले नै साझा डिजिटल प्लेटफर्म निर्माण गर्नुपर्ने उहाँको प्रश्ताव छ ।

सांसद पुनले मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्र र नागरिकताको डेटाबेससँग एकीकृत गरी मृतक र बसाइँसराइ गरेका व्यक्तिको नाम तत्काल हटाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले निर्वाचन आयोगले दलहरूलाई नियन्त्रण गर्नेभन्दा पनि प्रणालीलाई व्यवस्थित र विश्वसनीय बनाउन बढी केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।