१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल



अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्छ भन्नुभयो ।

व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । “विश्वभरका धार्मिक पर्यटकलाई व्यास र पराशर क्षेत्र आउने वातावरण बनाउनेतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थल बनाउन आफूले पहल गरिरहेको बताउनुभयो । त्यस्तै मानुङकोट, छाब्दीबाराही, तनहुँ कालिकालगायतलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरी समग्र तनहुँको विकास अभियान सञ्चालन गर्नेतर्फ ध्यान दिइने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वृक्षरोपण गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।