२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फिजी हुने बाटोमा गयो: सासंद दुर्गा पौडेल



अ+ अ-

काठमाडौं ।सत्तागठबन्धनका नेता तथा राष्ट्रिय जनमोर्चाका सासंद दुर्गा पौडेलले विवाह गरेर आउने बित्तिकै विदेशी महिलालाई नागरिकता दिने व्यवस्था गरिएको नागरिकता ऐन संशोधन विधेयक खारेज गर्न माग गर्नुभयो ।

उहाँले नागरिकता प्राप्त गर्ने धेरै विधि हुन्छन् भन्दै विवाह गर्ने वित्तिकै विदेशी महिलालाई नागरिकता दिन नमिल्ने बताउनुभयो । उहाँले कुनै पनि मुलुकमा विवाह गर्ने वित्तिकै नागरिकता पाइँदैन भन्दै विवाहित महिलाका निम्ति अंगिकृत नागरिकता दिन सात वर्ष तोकेरै जानुपर्छ भन्नुभयो ।

नागरिकता दिने विधिमा केही कमजोरी छन् भने त्यसलाई सुधारौँ भन्दै उहाँले खुला सीमा भएको हाम्रो मुलुकमा विवाह गरेकै आधारमा नागरिकता दिँदा नेपाल फिजी हुने खतरा रहेको औँल्याउनुभयो ।

बुधबार बसेको सत्तागठबन्धनको बैठकले राष्ट्रपति बाट पुन: बिचार गर्न आएको नागरिकता बिधेयक परिमार्जन नगरी पारित गर्ने निर्णय गरेको थियो ।