• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

 ४ बुँदे सहमति भएको २४ घण्टा नबित्दै बन्चरेडाँडामा पुन: अवरोध



फाईल फोटो

काठमाडौं । फोहोर विसर्जन गर्न बन्चरेडाँडा गएको गाडीहरुलाई आज बिहानैदेखि स्थानीयले पुन: अवरोध गरेका छन् ।

हिजो (बुधबार) फोहोर विर्सजनमा अवरोध गर्दा पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले विहिबार फेरि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

बुधबार साँझ मात्रै काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिको उपस्थितिमा सहमति भएको थियो । सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले फोहोर बोकेको गाडीलाई पुन: अवरोध गरेका हुन् ।

छलफलमा बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध हटाउने ४ बुँदे सहमति भएको थियो ।

काठमाडौंको फोहोर बोकेर आज गएको ६० वटा टिपर स्थानीयको अवरोधपछि बञ्चरेडाँडामा प्रहरीको परिचालन गरिएको छ ।