२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

 ४ बुँदे सहमति भएको २४ घण्टा नबित्दै बन्चरेडाँडामा पुन: अवरोध



फाईल फोटो
अ+ अ-

काठमाडौं । फोहोर विसर्जन गर्न बन्चरेडाँडा गएको गाडीहरुलाई आज बिहानैदेखि स्थानीयले पुन: अवरोध गरेका छन् ।

हिजो (बुधबार) फोहोर विर्सजनमा अवरोध गर्दा पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले विहिबार फेरि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

बुधबार साँझ मात्रै काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिको उपस्थितिमा सहमति भएको थियो । सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले फोहोर बोकेको गाडीलाई पुन: अवरोध गरेका हुन् ।

छलफलमा बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध हटाउने ४ बुँदे सहमति भएको थियो ।

काठमाडौंको फोहोर बोकेर आज गएको ६० वटा टिपर स्थानीयको अवरोधपछि बञ्चरेडाँडामा प्रहरीको परिचालन गरिएको छ ।

 

 

 

 




भर्खरै