८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी: महिला श्रमिकहरुद्वारा यौनजन्य दुर्व्यवहार भएको आरोप



अ+ अ-

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा कार्यरत २१ जना महिला श्रमिकहरुले आफूहरुमाथि कम्पनीका सुपरभाइजरबाट यौन दुर्व्यवहार भएको बताएका छन् ।

कम्पनीको सन्चो शाखामा कार्यरत महिला श्रमिकहरुमाथि सन्चो शाखाका सुपरभाइजर हरि चापागाईंले लामो समयदेखि पटकपटक यौनजन्य दुर्व्यवहार गर्दै आएको उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

यौनजन्य दुर्व्यवहारको प्रतिकार र निवारणका लागि सन्चो शाखाका अधिकृत उषा रिजाल र कम्पनीका महाप्रबन्धक संगीता यादवलाई लिखितरुपमा गत वैशाख १४ गते र साउन २२ गते उजुरी गरेको भए पनि चापागाईंलाई कारबाही नगरी उल्टै आफूहरुलाई नै कारबाही गरिएको उनीहरुको भनाइ छ ।

आन्तरिकरुपमा व्यवस्थापकले उजुरीप्रति आवश्यक सुनुवाइ नगरेको हुँदा गत वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएको तर जिप्रकाबाट पनि हालसम्म कुनै कारवाही नभएको विज्ञप्तिमा उल्लेख छ ।

महिला श्रमिकहरुले दुर्व्यवहार गर्ने व्यक्ति र उजुरी गर्दा पनि त्यसको निष्पक्ष सुनुवाइ नगरी उल्टै आफूहरुलाई नै कारबाही गर्ने व्यवस्थापकप्रति कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन, २०७१ बमोजिम हदैसम्मको कारबाहीका लागि माग गरेका छन् ।