२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम गर्दैनः अध्यक्ष लिङ्देन



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम नगर्ने बताएका छन् ।

काठमाडौँ महानगरको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको संलग्नता भएको भन्ने समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्ता खालका कार्यहरू भए कार्यकर्तालाई समेत कारबाही गरिने उनको भनाई छ ।

अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्, ’काठमाडौँको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहन्छु । राप्रपा फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम गर्दैन । फोहर बोकेका गाडीहरू अवरुद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होइन, यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाही समेत गर्नेछ । जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन । भविष्यमा यसप्रकारको गलत संदेश संप्रेषित नहुने अपेक्षासमेत गर्दछु ।’