२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम गर्दैनः अध्यक्ष लिङ्देन



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम नगर्ने बताएका छन् ।

काठमाडौँ महानगरको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको संलग्नता भएको भन्ने समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्ता खालका कार्यहरू भए कार्यकर्तालाई समेत कारबाही गरिने उनको भनाई छ ।

अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्, ’काठमाडौँको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहन्छु । राप्रपा फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम गर्दैन । फोहर बोकेका गाडीहरू अवरुद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होइन, यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाही समेत गर्नेछ । जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन । भविष्यमा यसप्रकारको गलत संदेश संप्रेषित नहुने अपेक्षासमेत गर्दछु ।’