२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति,६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रबैकले ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति रहेको जनाएको छ । बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित) प्रतिबेदन सार्बजनिक गर्दे उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने जनाएको छ ।

प्रतिबेदन अनुसार वार्षिक औसत मुद्रास्फीति ६.३२ प्रतिशत रहेको छ । यसैगरी आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको केन्द्रीय बैकले जनाएको छ ।

प्रतिबेदन अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

प्रतिबेदन अनुसार विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको प्रतिबेदनमा उल्लेख छ ।

बैकका अनुसार २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४६ खर्ब २१ अर्ब पुगेको छ ।

प्रतिबेदनको पूर्णपाठ

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2078.79-1