२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीम कुक: एपल कम्पनीका प्रमुख कार्यकारीलाई ७५ करोड अमेरिकी डलर बोनस



अ+ अ-

एजेन्सी । एपल कम्पनीको प्रमुख कार्यकारीका रूपमा १० वर्ष पूरा गरेका टीम कुकले ५० लाख कित्ता शेयर प्राप्त गरेका छन्।

यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा शेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश शेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन्।

उनलाई दिइएको शेयर एपलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ।

सहमतिमा उनलाई एपलको शेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिको आधारमा शेयर दिइने उल्लेख थियो।

एपलका अनुसार गत तीन वर्षमा कम्पनीको शेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण उनले सो सङ्ख्यामा शेयर प्राप्त गरेका हुन्।

एपलको शेयर मूल्य सन् २०११ मा उनी प्रमुख कार्यकारी हुँदाको तुलनामा १,२०० प्रतिशतले बढेको छ।

आईफोन, आईप्याड र म्याकबुक निर्माता कम्पनीको कुल मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलर बराबर छ।

गत साल कुकले सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ तलब सुविधाको विषयमा सहमति गरेका थिए।

यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा प्रस्तुत कागजातमा कुकले यो साता करिब एक करोड अमेरिकी डलर बराबरको शेयर परोपकारी संस्थालाई दान गरेको लेखिएको छ। प्रापक संस्थाको नाम भने उल्लेख छैन।

सन् २०१५ मा कुकले मृत्युअघि आफ्नो सबै सम्पत्ति दान गर्ने बताएका थिए। उनी परोपकारी कार्यमा करोडौँ दान गर्ने व्यक्तिमध्ये पर्छन्।

उनको अहिले कूल सम्पत्ति एक अर्ब ५० करोड अमेरिकी डलर रहेको ब्लुमबर्ग अरबपति सूचीमा उल्लेख छ।

उनले भाषणहरूमा एचआईभीरएड्स, जलवायु परिवर्तन, मानव अधिकार र समानताका विषयमा बोल्ने गर्छन्।

सन् २०१० मा माइक्रोसफ्टका संस्थापक विल गेट्स र अरबपति वारेन बफेटले गिभिङ प्लेज सुरु गरेर अरबपतिहरूलाई कम्तीमा आफ्नो आधा सम्पत्ति दान दिन आह्वान गरेका थिए।

यो वर्षको सुरुमा बफेटले थप चार अर्ब अमेरिकी डलरभन्दा बढी दान गरेका थिए। (बीबीसी)