५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

बनियानी । झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक–४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना८ख ३३३३ नंको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं। १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक नायक सख्त घाइते भएपछि दकमस्थित निम्स अस्पताल लगिएकामा थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको हो ।

ट्रक चालक अर्जुनधारा–५ का ३८ वर्षीय मातृका दनुवारसहित सवारी साधन इलाका प्रहरीले नियन्त्रणमा लिएको थियो ।




भर्खरै