४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा भारतीय ट्रेलरको ठक्करबाट दुई जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

धादिङ । गएराती धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बर प्लेट भएको ट्रेलरले जीपलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिदा जीपका चालक र परिचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको गल्छी स्थित अम्बे भरोसा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।