६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव र बाबुराम माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुनेभएको छ ।

मंगलवार (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव र बाबुरामा माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्न आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हसिया हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताउनु भयो । उहाँले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधवार छलफल हुने बताउनु भयो । उहाँले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बसेको छ । हामी भोलि बिहान फेरि बैठक बस्छौँ । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीको बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट आगामी संसदीय चुनाव लड्ने विचार व्यक्त गर्नुभयो ।

त्यसको हामी स्वागत गर्दछौँ । हामी उहाँहरु दुवै जनालाई उहाँहरुका पार्टीका अन्य सदस्यहरुलाई पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह, हसिया हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति ग-यौं । उहाँहरुले राखेका केही शर्तहरु छन् । ती शर्तको विषयमा उहाँहरुसँग छलफल गर्ने, गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने कुरा भएको छ ।’

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ ।