५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्नेमा नेता खनालको जोड



अ+ अ-

मङ्गलबारे । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउनुभएको छ ।

इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताउनुभएको हो । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा आफ्नो यस विषयमा अध्ययन नभएको भन्दै उहाँले अध्ययन गरेर मात्र धारणा बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो भन्दै उहाँले अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिन नहुने बताउनुभयो । उहाँले राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझावसमेत दिनुभयो ।

जनसाङ्ख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्ने भन्दै उहाँले एक÷दुई वटा दलले मात्र सिङ्गो देशलाई समेट्ने कुरामा लाग्न नहुनेमा जोड दिनुभयो । फरक प्रसङ्गमा उहाँले आफू सङ्घीय निर्वाचनमा इलामको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने जानकारी दिनुभयो ।

अहिले बाम गठबन्धनको सम्भावना नभएको र शीर्ष नेताले बाम गठबन्धन नचाहेको उहाँको भनाइ थियो । नेता खनालले यसअघि स्थानीय चुनावमा पनि देशमा पाँच दलीय गठबन्धन भएको र अब पनि सोही गठबन्धनले निरन्तरता पाउने बताउनुभयो । साना दलसँग छलफल भइरहेको भन्दै नेता खनालले सबैलाई समेट्ने गरी अघि बढ्ने पनि धारणा राख्नुभयो ।